close

टिकटक चलाएर कर्मचारीले हैरान पारेपछि गाउँको सरकारले लगायो प्रतिवन्ध

टिकटक चलाएर कर्मचारीले हैरान पारेपछि गाउँको सरकारले लगायो प्रतिवन्ध

Trulli
ADVERTISEMENT


सुर्खेत– घर होस या अफिस, दिउँसो होस् या राति साथमा सधैभर चलिरहन्छ भने त्यो हो फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल । बच्चदेखि जेष्ठ नागरिकसम्ममा मात्र होइन कर्मचारीमा समेत यसको लत लागेपछि एउटा नगरपालिकाले भने कार्यालय परिसरमा फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जाल चलाउनै प्रतिबन्ध लगाइदिएको छ ।


सुर्खेतको पञ्चपुरी नगरपालिकाले कर्मचारीको कार्यक्षमतामा ह्रास आएको भन्दै  कार्यालयमा सामाजिक सञ्जाल चलाउन बन्देज गरेको हो ।


नगरपालिकाले सूचना नै जारी गरेर कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने नियम बनाएको नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले पालिका खबरलाई जानकारी दिइन् । उनका अनुसार कर्मचारी सामाजिक सञ्जालमा व्यस्त भएपछि यस्तो नियम बनाउनु परेको हो ।


शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन पाउने छैनन् ।


सामाजिक सञ्जालमा कर्मचारी व्यस्त हुँदा सेवाग्राहीको काममा असर परेको जनगुनासो आएपछि यो निर्णय गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले बताए ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेलगत्तै कर्णालीमा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने बताएका थिए । त कार्यान्वयन भने गरेनन् । हाल यसको सुरुवात भने नगरपालिकाले गरिदिएको छ ।