close

शिक्षा शाखा अधिकृत विष्टको कोरोनाले लियाे ज्यान

शिक्षा शाखा अधिकृत विष्टको कोरोनाले लियाे ज्यान

Trulli
ADVERTISEMENT

बाँके - नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

 

नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको उनका छोरा नवीन विष्टले जानकारी दिए ।


स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ मंसिरमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । त्यसको भोलिपल्ट २५ गते पोजिटिभ रिपोर्ट आएको थियो ।

 

२६ गते भेरी अस्पताल भर्ना भएका विष्टको कडा खाले कोभिडका कारण निधन भएको अस्पतालले जनाएको छ ।


उपचार गर्दागर्दै विष्टको बिहान ३ः३० बजे निधन भएको हो । २०५० सालदेखि शिक्षा सेवामा प्रवेश गरेका विष्टका श्रीमती, तीन छोरा र एक छोरी छन् ।