close

डिलाशैनी गाउँपालिका थप एक हप्ता बन्द  

डिलाशैनी गाउँपालिका थप एक हप्ता बन्द  

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताए ।
    

आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले ५ पुससम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि २६ मंसिरसम्म लकडाउन गरिएकामा जोखिम कायमै रहेकाले आइतबार गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले ५ पुससम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
    

लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् । विद्यालय पूर्ण रूपमा बन्द हुनेछन् भने पसलहरू पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्र खुला हुनेछन् । औषधि पसल, एम्बुलेन्स सेवा भने संचालन हुनेछन् । 


डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय संक्रमित रहेका छन् ।