close

१०३ वर्षको उमेरमा छत्रमायाले बल्ल पाइन् नागरिकता

१०३ वर्षको उमेरमा छत्रमायाले बल्ल पाइन् नागरिकता

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका- १३ रुचानीकी १०३ वर्षीया छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन् । छत्रमायाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता प्राप्त गरेकी हुन् ।

 

१५ माघ १९७४ सालमा जन्मिएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् । नागरिकता नहुँदा राज्यले दिने सेवा-सुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ ।

 

पालिकाखबरडटकमले २२ मंसिरमा सय वर्ष पुगेँ, अब कति वर्षमा नागरिकता पाइन्छ सरकार ?’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ।