close

दूर्भाग्यपूर्ण भयाे, असन्तुष्टलाई सरकार बनाउने बाटो खुल्योः महानगर प्रमुख

दूर्भाग्यपूर्ण भयाे, असन्तुष्टलाई सरकार बनाउने बाटो खुल्योः महानगर प्रमुख

Trulli
ADVERTISEMENT

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संसद विघटनलाई नेपालमा बहुमत नफापेको बताएका छन् । ‘कांग्रेस पनि बहुमत पाउँदा विघटन गरेर मध्यावधिमा गएको थियो । अहिले नेकपाको हालत उही हो,’ उनले भने, ‘यो निकै दुखलाग्दो घटना भयो ।’ उनले ५ वर्षलाई म्याण्डेट दिएर नयाँ व्यवस्थामा प्रवेश गरेको सरकार तीन वर्षपनि नपुग्दै संसद विघटनमा पुग्नु दुर्भाग्य पूर्ण भएको बताए ।


संसद विघटन गर्ने सरकारको शिफारिसलगत्तै प्रतिकृया दिदै उनले अव प्रधानमन्त्रीले असन्तुष्टलाई सरकार बनाउने बाटो खोलिदिएको दावी गरे ।

 

‘प्रधानमन्त्रीलाई पेल्नु त स्वभाविक हो । तर भित्तै पल्टाएर लडाउन खोज्दा दुर्भाग्यपूर्ण परिणाम आज देखियो,’ उनी भन्छन्, ‘अव यसले मध्यावधि चुनावमा जानुपर्छ । मध्यावधि चुनावमा मतदाताले विचार पुर्‍याउनुहुन्छ भन्ने विश्वास छ । सजाय दिने कि पुरस्कार दिने वहाँहरुकै हातमा छ ।’


मेयर जिसीले प्रधानमन्त्रीले असन्तुष्टहरुलाई चुनाव मार्फत सरकार चलाउने बाटो खुला गरिदिएको सुनाए । ‘दलको नेता, पार्टीको अध्यक्षलाई त्यति दवाव दिएपछि वहाँले पनि जितेर आउ सरकार चलाउ भनेर बाटो खुला गरिदिनुभयो भन्ने लाग्छ,’ जिसीले थपे, ‘जनतामा जानेबेला कुनै आधार बन्ला । आफ्नै पार्टी भित्रकाले काम गर्न दिएनन्, सफल हुन दिएनन् भनेर जाने होला नि ।’