close

बलात्कार मुद्दा मिलाउन तमसुक बनाउने वडा अध्यक्ष धरौटीमा छुटे 

बलात्कार मुद्दा मिलाउन तमसुक बनाउने वडा अध्यक्ष धरौटीमा छुटे 

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका- ३ का वडा अध्यक्ष शेरसिंह साउदसहित पाँच जना धरौटीमा रिहा भएका छन् । 


सो घटनामा एक जना भने समान्य तारेखमा रिहा भएका जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराले जानकारी दिए । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासमा बुधबार भएको थुनछेक बहसपछि पाँच जना जनही धरौटी र एक जना समान्य तारेखमा रिहा भएका श्रेष्तेदार बोहराले जानकारी दिए ।
  

सिगास गाउँपालिका– ३ का वडा अध्यक्ष शेरसिंह साउद, स्थानीयहरू अमरसिंह धामी, मनोजसिंह धामी, राजेन्द्रसिंह धामी र नरबहादुर धामी जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । स्थानीय गोपालसिंह धामी भने समान्य तारेखमा रिहा भएका छन् । जबर्जस्ती करणी तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ परेका उनीहरू रिहा भएका हुन् ।
  

सो घटनाका मुख्य आरोपी सिगास– ३ का दीपकसिंह धामी भने फरार छन् । सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको भए पनि गएको महिना मात्र सो घटना बाहिर आएको थियो । घटना बाहिर आएपछि घटना गाउँमै मिलाउन खोज्ने वडा अध्यक्षसहितका छ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । 


पीडितका आफन्तलाई एक तोला सुन दिने भन्दै घटना गाउँमै मिलाउन खोजिएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको बुझिएको छ । बलात्कारका मुख्य आरोपीका नाममा पक्राउ पुर्जी जारीसमेत भइसकेको छ ।
 

बैतडीमा लकडाउनपछि बलात्कार जस्ता जघन्य अपराधका आठवटा घटना प्रहरीमा आएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।