close

छोरी

Trulli
ADVERTISEMENT

छोरी नै भए पनि पछि हट्न जानेकी छैन
आडम्बरी समाजको परिपाटीलाई मानेकी छैन 

 

थाहा छ, समाजमा आलोचना गर्छन् भनेर
तर आफूलाई कमजोर ठानेकी छैन

 

रातदिन कराउँछु, समानता खोज्दा आफै हराउँछु
तर पनि आजसम्म हार मानेकी छैन 

 

अधिकारको आवाज उठाउनुमा सन्तुष्ट मिल्यो मलाई
तर सानो उपलब्धिमै चुप बस्नु उचित ठानेकी छैन 

 

एक दिन समानता व्यवहारमा उत्रिएला भनेर
आजसम्म कसैलाई वचनको झटारोले हानेकी छैन ।

 

अनिशा गिरी