close

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै 

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै 

Trulli
ADVERTISEMENT

काठमाडौं- मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।


महिला सशक्तीकरण प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको एनसेलले बताएको छ । 

 

एमयूएन समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी सशक्तीकरणमा सहयोग पु¥याउने काम गरिरहेको छ । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’ को रूपमा आबद्घ भएको छ । 


एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ थिमका साथ विशेष रूपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । 


सहकार्यअन्तर्गत ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रविना देशराज (डेपुटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर) को अन्तर्कि्या आयोजना गरिएको थियो । 


प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएकामध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’ को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले २५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् ।