close

बीओके र सेलपेबीच सहकार्य

बीओके र सेलपेबीच सहकार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- बैंक अफ काठमाण्डू (बीओके)ले आफ्ना ग्राहकमाझ डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ ।


सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।


सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउन सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ ।


ग्राहकले सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डूका खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । 


ग्राहकले सेलपे भुक्तानी सेवा रहेका स्थानमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टीभीहरूको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन र पाउन, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सक्नेछन् ।