close

खोटेहाङ गाउँपालिकामा ९ वटा कार्यविधि पारित 

खोटेहाङ गाउँपालिकामा ९ वटा कार्यविधि पारित 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले एकसाथ ९ वटा कार्यविधि पारित गरेको छ । बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले कृषिसँग सम्बन्धित ५ वटा र अन्य ४ वटा कार्यविधि पारित गरेको हो । 


गाउँपालिकाले बाँझो जमिनमा व्यावसायिक फलफूल बगैँचा स्थापना अनुदान संचालन कार्यविधि, गोठे मल सुधार कार्यक्रम संचालन कार्यविधि, पशु फर्म पूर्वाधार सृदृढीकरण तथा पशु नश्ल सुधार अनुदान कार्यक्रम संचालन कार्यविधि, कृषि यन्त्रीकरण अनुदान परिचालन कार्यविधि, वैदेशिक रोजगारीबाट फर्केका युवालक्षित कृषि अनुदान परिचालन कार्यविधि, २०७७ पारित गरेको हो । 


यस्तै, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, बालअधिकार संरक्षण तथा संवद्र्धन कार्यविधि, लैंगिक हिंसा निवारण कोष संचालन मापदण्ड र खोटेहाङ गाउँपालिका जलस्रोत तथा मुहान दर्ता कार्यविधि, २०७७ पारित गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।