close

पीएचडी र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

खोटेहाङको खोटरहित निर्णय

पीएचडी र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

खोटेहाङको खोटरहित निर्णय

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाभित्रका एमफिल र पीएचडी गर्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । 


बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरूप जनही ५५ हजार ५५५ र पीएचडी अध्ययन गर्ने विद्यार्थीलाई १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । 


गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार कार्यपालिका बैठकबाट छात्रवृत्तिको रकम टुंग्याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 


गाउँपालिकाले चालू आर्थिक वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरूप सहयोग गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जनाएको छ ।


उच्च शिक्षा हासिल गर्न चाहने पालिकावासीको प्रोत्साहनका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको हो । ‘पीएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड बनाएका छौँ’, अध्यक्ष राईले भने ।


गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएपछि एक जना विद्यार्थी सम्पर्कमा आइसकेको बताएको छ ।