close

शिखका वडाध्यक्ष तिलिजाको निधन 

शिखका वडाध्यक्ष तिलिजाको निधन 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिखका वडाध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । पक्षघातबाट थलिएका तिलिजाको शुक्रबार साँझ ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजा पुनले बताए । 


पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो । उनको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ । गत साउनमा एक्कासि बिरामी भएपछि उनलाई हेलिकप्टरबाट पोखरा लगिएको थियो । 

 

तिलिजाले पोखर स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए । तिलिजाका श्रीमती, दुई छोरी र दुई छोरा छन् ।   २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तिलिजा किन्दु आधारभूत विद्यालयको पूर्वप्रधानाध्यापकसमेत हुन् ।