close

कमलामाईमा घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण

कमलामाईमा घुम्ती शिविरमार्फत अपांगता परिचयपत्र वितरण

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले घुम्ती शिविरमार्फत अपांगता भएका व्यक्तिलाई परिचय वितरण सुरु गरेको छ । शारीरिक अशक्तताका कारण कार्यालय आउन समस्या परेका व्यक्तिहरूलाई घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरेको हो ।

 

नगरपालिकाको वडा नम्बर ८ मा ७ जना अपांगता भएका व्यक्तिलाई शिविरमार्फत अपांगता पहिचान परिचयपत्र वितरण गरिएको कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिइन् । ‘वडा कार्यालय करकरेमा भएको घुम्ती शिविरबाट अशक्तहरूलाई परिचयपत्र प्रदान गरेका हौँ’, उनले भनिन् ।


अन्य वडामा पनि शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम आउन नसक्नेहरूलाई घुम्ती शिविरमार्फत परिचयपत्र प्रदान गरिने उनले बताइन् ।