close

संविधान बाचनदेखि मसाल जुलुससम्मका आन्दोलन घोषणा, कहिले के ?

संविधान बाचनदेखि मसाल जुलुससम्मका आन्दोलन घोषणा, कहिले के ?

Trulli
ADVERTISEMENT

काठमाडौं–प्रतिनिधिसभा विघटन गर्ने प्धानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले २० पुसदेखि माघ २३ गतेसममका लागि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

 

घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला गर्ने र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने छ ।


२१ गते काठमाडौंसहित देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै अन्तकृया गरिने पत्रकार सम्मेलन गरेर नेताहरुले जनाएका छन् ।

 

२३ गते नागरिक समाजसँग अन्तरक्रिया छ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइदै छ ।  

 

पुस २६ गते सडकमै संविधान बाचन र व्याख्या कार्यक्रम छ भने पुस २८ गते घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्ने कार्यक्रम छ ।

 

पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्‍याली गरिदै छ ।


माघ १६ र १७ गते भने सबै प्रदेशमा विरोध सभा राखिएको छ ।  २२ गते देशव्यापी मसालजुलुस र २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा तय भएको छ ।