close

नवलपुर पालिकाखबरकर्मी रामकुमार पुरस्कृत

नवलपुर पालिकाखबरकर्मी रामकुमार पुरस्कृत

Trulli
ADVERTISEMENT

नवलपरासी- पालिकाखबरका पश्चिम नवलपरासी सहकर्मी रामकुमार श्रेष्ठ क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रेष्ठलाई पुरस्कृत गरेको हो ।


उनीसँगै पत्रकार धनु भुसाल र दयाराम आचार्यलाई पनि पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पुरस्कार वितरण गरेका थिए ।

 

त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सभापति भूपेन्द्र शर्मा भट्टराई, संस्थापक सहसचिव विष्णुदेवी पाण्डे, संस्थापक सल्लाहकार गोविन्दराज विनोदीलाई सम्मान गरिएको थियो ।

 

नेपाल पत्रकार महासंघको सदस्यता लिएयता निरन्तर २० वर्षभन्दा बढी पत्रकारिता गरिरहेका पत्रकार लालकुमार भट्टराई, होमनाथ जैसी, नारायण शर्मा र होमराज रानाभाटलाई पनि सम्मान गरिएको थियो ।

 

कार्यक्रममा स्व. कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नवीन पौडेललाई पुरस्कृत गरियो ।

 

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, विभिन्न पेसागत संगठनका प्रमुख एवं प्रतिनिधिलगायत सहभागी थिए ।