close

थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य 

थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य 

Trulli
ADVERTISEMENT

काठमाडौं- सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँ पालिका र लक्ष्मी बैंकबीच सहकार्य सम्झौता भएको छ । उद्यमशीलता र स्वरोजगारका लागि आत्मनिर्भर पालिका निर्माण गर्न गाउँपालिका र बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । 


वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजी संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यता अन्त्य गरेर उद्यमशीलतासँग जोड्न र वित्तीय पहुँच एवं अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए । 

 

सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फाइनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरे ।

 

नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधनअनुसार गाउँपालिकासँग सहुलियतमा कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको बैंकले जनाएको छ । 

 

‘सहुलियतपूर्ण कर्जा लिन क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई स्वरोजगार बनाएर उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउनु सम्झौताको मुख्य उद्देश्य हो’, गाउँपालिका अध्यक्ष राईले भने ।