close

राप्तीमा थप २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र 

राप्तीमा थप २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र 

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकामा थप २ वटा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर २ र ३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो । 

 

गाउँपालिकाका ९ वटै वडामा निर्माण सुरु भएका आधारभूत स्वास्थ्य सेवा केन्द्रमध्ये पहिलो चरणमा वडा नम्बर २ को लालमटिया र वडा नम्बर ३ को खुरुरियामा स्थापना गरिएका स्वास्थ्य सेवा केन्द्रबाट उपचार सुरु गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले छिट्टै गाउँपालिका स्तरीय अस्पतालबाट सेवा सुरु गरिने बताए ।


वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापा, वडा नम्बर ३ का वडाध्यक्ष चन्दर चौधरी, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले आधारभूत स्वास्थ्य संस्था स्थापनापछि सामान्य औषधोपचारका लागि अन्यत्र जार्नुपर्ने २ वडाबासीको बाध्यता हट्ने बताए ।