close

शिक्षा मन्त्रीज्यू ! केयुको उपकुलपति को?, मन्त्रीः मेरो ईमेलमा छ आवश्यक परेपछि झिकौँला

शिक्षा मन्त्रीज्यू ! केयुको उपकुलपति को?, मन्त्रीः मेरो ईमेलमा छ आवश्यक परेपछि झिकौँला

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि सरकार कामचलाउ बनेको छ ।

 

सरकार कामचलाउ बनेपछि बनेका नयाँ शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री हुन् कृष्ण गोपाल श्रेष्ठ । श्रेष्ठ नियुक्ति भएलगत्तै काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजुको कार्यकाल सकिन लागेको छ ।

 

आगामी ७ माघमा उनको कार्यकाल सकिने भएपछि मन्त्रालयले उपकुलपति खोज्न मन्त्री श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति बनायो । समितिमा केयूकै पूर्वउपकुलपति शुरेरराज शर्मा र पूर्वसभामुख दमननाथ ढुंगाना सदस्य छन् ।


समितिको बैठक बस्यो गत २१ पुसमा । तीन सदस्यीय समितिको बैठकपछि उपयुक्त उमेदरवारलाई आवेदन दिन आव्हान गर्ने निर्णय भयो ।

 

यो निर्णयलगत्तै मन्त्री श्रेष्ठले सूचना निकाले– योग्य व्यक्तिले २७ पुसभित्रमा मेरो व्यक्तिगत इमेलमा वायोडाटा पठाउनू ।

 

मन्त्रीको व्यक्तिगत इमेलमा विवरण मागेर नियुक्त गर्न कानुनले निषेध गरेको भएपनि पूर्वउपकुलपति र पूर्वसभामुख यस विषयमा मौन छन् ।

 

आवेदन मागेको दुईदिनमा कतिजनाले आवेदन हाले भन्ने विषयमा छनौट समितिलाई नै थाहा छैन । किनकी आवेदन मन्त्रीको व्यक्तिगत इमेलमा छ ।

 

केयूका एकजना प्रध्यापक भन्छन्, ‘अव मन्त्रीले जसजसको वायोडाटा प्रिन्ट गरेर बैठकमा लैजान्छन् त्यही मध्येको एउटा हो हाम्रो उपकुलपति ।’

 

मन्त्रीको यो कार्यप्रति नागरिक समाज, शिक्षाविद्देखि सामाजिक संजाल प्रयोगकर्तासम्मले प्रश्न गरेका छन्– केयूको उपकुलपति कोहो, कतिजनाले आवेदन दिए मन्त्रीज्यू ?

 

छनौट समितिका संयोजकसमेत रहेका मन्त्री श्रेष्ठले भने जवाफ फर्काउदै आएका छन्– इमेल आएको होला आवश्यक परेपछि झिकौला नि !