close

के हुँदैछ ९ महिनापछि खुलेको तरकारी बजारमा? (भिडियो खबर)

के हुँदैछ ९ महिनापछि खुलेको तरकारी बजारमा? (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी- कोरोना संक्रमणको कारण बन्द भएको तम्घासको हाट बजार ९ महिनापछि सञ्चालनमा आएको छ । तम्घासको पुरानो हाट बजार लामो समय बन्द भएको करिव सात बर्षपछि तीन वटै सरकारको समन्वयमा एक करोड ३३ लाखको लागतमा नयाँ संरचना निर्माण गरेर हाट बजार संचालन गरिएको छ । त्यसलाई नगरपालिकाले कृषि उपज संकलन केन्द्रको रुपमा अगाडी बढाएको छ ।


प्रत्येक कृषकको घरमै गएर कृषि उपज संकलन गर्ने भएकाले कोभिडको कारण समस्या हुने भएपछि नगरपालिकाले हाटबजार संचालन बन्द गरेको थियो । लामो समय बन्द भएको हाटबजार सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवै खुसी छन् । नगरपालिकाले पुरानै मोडलमा गाउँगाउँबाट तरकारी संकलन गरेर हाटबजारमा विक्री वितरणको काम गरिरहेको छ ।


रेसुङ्गा नगरपालिकाले कृषकको कृषि उत्पादन बजारीकरणको ग्यारेण्टी गर्दा कृषि उत्पादनमा कृषकहरु थप आकर्षित भएका छन् । किसानले जति उत्पादन गरेपनि नगरपालिकाले उचित मुल्यमा खरिद गर्ने र हातमै रकम दिने गरेको छ । तत्काल सड्ने बाहेक मुख्य कृषि उपजमा एक क्विन्टलभन्दा बढी उत्पादन गरे कृषकलाई प्रति किलो दुई रुपैयाँ अनुदानको व्यवस्था पनि नगरपालिकाले गरेको छ । उत्पादनमा अनुदान, उचित मूल्य र बजारको पूर्ण ग्यारेण्टी भएपछि उत्पादनमा कुनै समस्या नभएकाले किसान उत्साहित छन् ।


नगरपापालिकाले बजारको ग्यारेण्टी गरेसंगै साना कृषकलाई समेत फाइदा भएको छ । घरमै गाडी आउने भएकाले थोरै धेरै जति पनि विक्री गर्ने गरेका छन् । गाउँमा उत्पादन भएका आलु, गोपी, साग, मुला, गाजर, अदुवा, गिठादेखि कोदो र कोदोको पिठो समेत बिक्री भइरहेको छ । लोकल कुखुरा पनि बजार मुल्यभन्दा डेढ सय कम मुल्यमा पाइएपछि खोसाखोस भइरहेको छ । प्रत्येक दिन संकलन केन्द्रबाट बजार मुल्यभन्दा वस्तु अनुसार १० देखि ३० प्रतिशत सम्म सुपथ मुल्यमा बिक्री वितरण गरिरहेको छ ।

 

संकलन केन्द्रमा पाँच टन क्षमताको अत्याधुनिक शीतभण्डारको समेत व्यावस्था गरिएको छ । नगर तथा बाहिरबाट आएका किसानको कृषि उत्पादनलाई खरिद गरेर तत्काल विक्री गर्न नसके शीत भण्डारमा स्टोर गर्ने गरिएको छ । यसरी रेसुंगा नगरपालिकाले कृषिजन्य बस्तुमा बिचौलियाको अन्त्य र कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले संचालन गरेको आधुनिक कृषि उपज संकलन केन्द्र तथा हाट बजारले कृषक र उपभोक्ता दुवैलाई निकै फाइदा पुगेको छ ।