close

नमोबुद्धका नगरप्रमुख तिमल्सिना अस्वस्थ, स्वास्थ्यमा सुधार हुँदै

नमोबुद्धका नगरप्रमुख तिमल्सिना अस्वस्थ, स्वास्थ्यमा सुधार हुँदै

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको मुटुमा समस्या देखिएपछि काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

उनका छोरा विकास शर्माका अनुसार बिहीबार मुटुमा अचानक समस्या आएपछि तत्काल उनलाई अस्पताल लगिएको थियो । एन्जिओग्राम परीक्षणमा मुटुको ३ ठाउँमा रक्तसंचार बन्द भएको देखिएको र बन्द खुलाउन स्टेन्ट राखिएको उनले जानकारी दिए ।

अहिले तिमल्सिनाको स्वास्थ्य क्रमशः सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।