close

प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की खरिदमा ७५ प्रतिशत अनुदान

प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की खरिदमा ७५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा प्लास्टिक टनेल र स्प्रेयर ट्याङ्की वितरण गर्ने भएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठका अनुसार गाउँपालिका कृषि विकास शाखाको चालू आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार किसानलाई यस्तो सुविधा प्रदान गर्न लागिएको हो । 


गाउँपालिकाको कृषि विकास शाखा प्रमुख प्रज्वल न्यौपानेका अनुसार अनुदान प्राप्त गर्नका लागि किसानले १२ माघसम्ममा गाउँ कार्यपालिकामा आवेदन दिइसक्नुपर्ने हुन्छ ।

 

आवेदकले आफ्नो नागरिकताको प्रतिलिपि, कृषक समूह-कृषि सहकारीको निर्णयको प्रतिलिपि, कृषक समूह-कृषि सहकारी-कृषि फर्मको सम्बन्धित कार्यालयमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि संलग्न राखी निवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।