close

२१ बिगाहमा बन्दैछ खजुरामा औद्योगिक ग्राम (भिडियो खबर)

२१ बिगाहमा बन्दैछ खजुरामा औद्योगिक ग्राम (भिडियो खबर)

ADVERTISEMENT

बाँके- सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा औद्योगिक ग्राम बनाउने घोषणा गर्दछ । हालसम्म सरकारले ५८ वटा औद्योगिक ग्राम घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो चार महिनासम्म १३ वटा गरी जम्मा ५८ वटा औद्योगिक ग्राम घोषणा भएको छ ।

 

उता,  केन्द्र र प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले पनि ग्राम निर्माण थालेका छन् । बाँकेकको खजुरा गाउँपालिकाले पनि अहिले डीपीआर नै बनाएर ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ ।  


बाँकेको खजुरा गाउँपालिकामा ‘खजुरा औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ । त्यसका लागि पालिकाले खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । 


स्थानीय शीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार बाँकेको खजुरा गाउँपालिका पनि सरकारको सूचीमा परेको थियोे । खजुरामा बन्दै गरेका औद्योगिक ग्रामले समग्र व्यवसायलाई प्रोत्साहन गर्नुका साथै युवालाई व्यवसायतर्फ उन्मुख गराउन प्ररित गर्ने स्थानीयको आश छ ।


डीपीआरका अनुसार करिब ४० करोडको लागतमा २१ बिघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधार तयार पारिने पालिकाले जनाएको छ । औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरण लगायतका काम गरिने छ ।

 

औद्योगिक ग्राम निर्माणका लागि गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ‘टोकन मनी’का रूपमा आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख रूपैयाँ प्राप्त गरेको थियो । सोही रकमबाट हाल काम भइरहेको पालिकाले जनाएको छ । 


बन्दै गरेको औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आकर्षित गर्नुका साथै खजुरा गाँउपालिका नमुना गाउँपालिकाका रूपमा स्थापित हुनेमा कुनै शंका छैन । त्यसैले पनि खजुरा गाँउपालिकाले साना ठूला लगानीकर्ता आकर्षित गर्ने नीति बनाएर अगाडि बढ्न जरुरी छ ।