close

खजुराको आठौँ गाउँसभा : गाउँपालिकालाई प्लास्टिकमुक्त बनाउने प्रस्ताव सर्वसम्मत

खजुराको आठौँ गाउँसभा : गाउँपालिकालाई प्लास्टिकमुक्त बनाउने प्रस्ताव सर्वसम्मत

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको खजुरा गाउँपालिकाको आठौँ गाउँसभाले पालिकालाई प्लास्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मत भएको होे ।

 

उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजस्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अद्यवधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ । 


गाउँसभामा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७/७८ को खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म चालू खर्च ३१ प्रतिशत र पुँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।

 

त्यस्तै, संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पुँजीगत खर्च शून्य रहेको, प्रदेश सरकारबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पुँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले जानकारी दिए ।

 

सबै वडामा सञ्चालित विभिन्न योजनाको ठेक्का सम्झौता र उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेका विकास निर्माण निरन्तर रहेको बताए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिए ।

 

कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पालिकाबासीबाट सहयोगको अपेक्षा गरे । सभाले चालू आर्थिक वर्षमा केही योजना संशोधन र परिमार्जनसहित पारित गरेको छ । 

 

सभामा वडाध्यक्ष तिलकवीर सुनार, देवीलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरू देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँले भाग लिएका थिए । 

 

अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजस्व संकलन भएको विवरण प्रस्तु गरे ।