close

मेलौलीको सातौँ नगरसभा, बजेट संशोधन प्रस्ताव पारित

मेलौलीको सातौँ नगरसभा, बजेट संशोधन प्रस्ताव पारित

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको मेलौली नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । सभामा नगरपालिकाले चालू आर्थिक वर्षमा भएको खर्च अनुमोदन गरेको छ । 

 

यो वर्ष कार्यपालिकाबाट भएका निर्णयसमेत सभाले अनुमोदन गरेको नगर उपप्रमुख राधा ओझाले जानकारी दिइन् ।

 

यस्तै, सभाले बजेट शीर्षक संशोधन गर्ने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ ।


‘केही योजना र बजेट शीर्षक संशोधनको प्रस्ताव पनि सभाबाट पारित भएको छ’, उपप्रमुख ओझाले भनिन् ।

 

नगरपालिकाको चालू आर्थिक वर्षको ५८ करोड ४४ लाख ५५ हजार ५ सय ३४ रुपैयाँ कुल बजेटमध्ये अहिलेसम्म ३६ प्रतिशत खर्च भइसकेको सभामा जानकारी दिइयो ।

 

नगरपालिकाभित्र भइरहेका विकास निर्माणलाई थप प्रभावकारी बनाउन सबै सदस्य एकमत भएको नगरप्रमुख कृष्णसिंह नायकले बताए ।