close

विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुंगामा पठनपाठन बन्द

विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुंगामा पठनपाठन बन्द

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि साता दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको छ ।

 

जाडो बढेसँगै विद्यार्थीमा निमोनिया, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि २९ पुसदेखि ६ माघसम्मका लागि पढाइ बन्द गर्ने भएको गाउँपालिकाले जनाएको छ । जन्तेढुंगा गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन् । 

 

कक्षा बन्द रहेको अवधिमा आन्तरिक लेखा परीक्षण, भौतिक, कार्यतालिका निर्माणलगायत प्रशासनिक कार्य सञ्चालन गराउन गाउँपालिकाले सबै विद्यालयलाई पत्राचार गरेको छ ।


शिक्षा समितिको मंगलबारको बैठकले विद्यार्थीको स्वास्थ्यलाई दृष्टिगत गरी साता दिनका लागि पढाइ बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ ।