close

१४ वर्षीय बालक २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

१४ वर्षीय बालक २० दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अपिल

Trulli
ADVERTISEMENT

बुटवल- बाग्लुङ नगरपालिकाबाट १४ वर्षीय बालक २० दिनदेखि बेपत्ता भएका छन् ।

 

९ पुस बिहान साढे ११ बजे घरबाट निस्किएका दीपक विक अर्थात् रोशन नामले चिनिने बालक सम्पर्कविहीन भएको उनकी आमा दुर्गाले जानकारी दिइन् ।

 

उनले भनिन्, ‘९ पुस बिहानै खाना खाएर निस्केको छोरो अहिलेसम्म भेटाउन सकेका छैनौँ । सम्पर्कमै आएन । नातागोता, इष्टमित्र सबैलाई जानकारी गराएर पनि अत्तापत्तो लागेन ।’

 

२० दिनदेखि हराएको छोरो खोजी गरिदिन विभिन्न ठाउँ गएर सबैसँग हारगुहार गरे पनि फेला पार्न नसकिएको आमा दुर्गाले बताइन् ।

 

‘छोरा फेला पर्छ कि भनेर जिल्ला प्रहरी कार्यालय बाग्लुङमा निवेदन दिएका छौँ ।’