close

थाइल्यान्डमा राजनीतिक सुधारको मागसहित हजारौंको प्रदर्शन

थाइल्यान्डमा राजनीतिक सुधारको मागसहित हजारौंको प्रदर्शन

Trulli
ADVERTISEMENT

एजेन्सी - थाइल्यान्डमा राजतन्त्र र सैनिक शासक हटाउन माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् । राजतन्त्र समर्थित जुन्ता सरकार र राजा नलराजा महाभजिरालंकोर्नको राजतन्त्रलाई चुनौती दिँदै लगातार दोस्रो दिन थाइल्यान्डको राजधानी बैंककमा हजारौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका छन् ।


राजाको अधिकारमा कटौतीसहित राजतन्त्रको पुनर्संरचना गर्नुपर्ने र हालका सैनिक समर्थिक प्रधानमन्त्रीलाई हटाएर प्रजातान्त्रिक संविधान निर्माण गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।


थाइल्यान्डमा राजतन्त्रको आलोचना गर्न कानुनी रुपमा दण्डनीय रहे पनि प्रदर्शनकारीले आफ्नो मुख्य माग राजतन्त्रमा सुधार हुनुपर्ने बताउँदै प्रदर्शनलाई निरन्तरता दिएका छन् । । राजतन्त्र र जुन्ता सरकारको विरोधमा हजारौं नागरिकले सडकमा प्रदर्शन गर्दै आए पनि सरकार तथा राजदबार कसैले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् । थाई राजा भजिरालंकोर्न हाल थाइल्यान्डमा छैनन् । 


जनताको विरोध प्रदर्शन रोक्न  सयौंको संख्याका प्रहरी परिचालन गरिएको छ । सडकमा प्रहरीको बाक्लो उपस्थिति भए प्रदर्शनकारीले राजतन्त्र र जुन्ता सरकारलाई बुझाएका माग रोयल गार्ड प्रहरीले त्यहाँको प्रहरी मुख्यालयमा दिन सहमति जनाएको एजेन्सीले बताएका छन् । प्रदर्शनकारीले यसलाई आप्mनो जीतको संज्ञा दिएका छन् । 


‘यो दुई दिनमा हाम्रो सबैभन्दा ठूलो जीत भनेको हामीजस्ता सामान्य मानिसले पनि राजदरबारमा पत्र पठाउन सक्छौं भन्ने हो,’ पारित पेन्गुइन चिवाराकले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने ।


प्रदर्शनकारीहरूले आगामी बिहीबार पनि प्रदर्शन गर्ने र १९७३ को विद्यार्थी विद्रोहको वर्षगाँठ अवसरमा अक्टोबर १४ मा बन्दको आयोजना गर्ने घोषणा गरेका  छन् ।