close

बैतडीमा एक विद्यालय एक नर्स कार्यक्रम

३ स्थानीय तहका ३ विद्यालयमा सुरु हुँदै 

बैतडीमा एक विद्यालय एक नर्स कार्यक्रम

३ स्थानीय तहका ३ विद्यालयमा सुरु हुँदै 

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीका ३ वटा स्थानीय तहका ३ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ ।

 

प्रदेश सरकारको सहयोगमा चालू आर्थिक वर्षमा मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलासैनी गाउँपालिकाका १-१ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कार्यक्रमका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए ।


कार्यक्रम सञ्चालन हुने सम्बन्धित पालिकाले विद्यालय छनोट गर्नेछ भने जनशक्ति स्वास्थ्य कार्यालयले खटाउनेछ । एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत विद्यालयमा विद्यार्थीलाई स्वस्थ जीवनशैलीका विभिन्न विषयमा जानकारी दिइनेछ ।


छनोट भएका विद्यालयमा १/१ जना स्टाफ नर्स खटाइने स्वास्थ्य प्रमुख भट्टले बताए ।

 

कार्यक्रम सञ्चालन भएका पालिकाका विद्यालयमा स्टाफ नर्सले स्वास्थ्य शिक्षासम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्नेछन् ।

 

चालू आर्थिक वर्षबाट सुरु हुन लागेको यो कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । विद्यालयमा सञ्चालन हुने कक्षामा सरसफाइ, कोभिड- १९ बाट बच्ने तरिका, महिनावारी सरसफाइलगायत स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ ।