close

धमाधम बन्द हुन थाले रौतहटका विद्यालय

धमाधम बन्द हुन थाले रौतहटका विद्यालय

Trulli
ADVERTISEMENT

रौतहट- अत्यधिक चिसो बढेसँगै रौतहटका समुदायिक तथा निजी विद्यालयहरू धमाधम बन्द गर्न निर्णय गरिन थालेको छ। रौतहटको गौर, गरुडा, राजपुर र परोहा  नगरपालिकाका सबै विद्यालयहरू शीतलहरका कारण ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको  हो ।


एक सातादेखि चलेको शीतलहरका कारण यी नगरपालिकाहरूले आइतबार सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरसको थप  जोखिमको सम्भावना उच्च हुन देखिएकाले गौरका सबै सामुदायिक तथा निजी विद्यालय ७ मंसिर (बुधबार)सम्म बन्द गरिएको नगरप्रमुख अजय गुप्ताले बताए । 


गुप्ताले वर्ष बिदाबाट कट्टा हुने गरी बिदा दिइएको बताए ।त्यसै गरी गरुडा नगरपालिकाका विद्यालयहरू पनि आउँदो ६ गतेसम्म बन्द रहने प्रमुख इनु राय यादवले बताए । साथै, रौतहटको राजपुर नगरपालिका विद्यालयहरू पनि ६ गतेसम्म बन्द गरिने निर्णय गरिएको प्रमुख सकिल अक्तरले बताए ।


त्यसै गरी परोहा नगरपालिकाको प्रमुख शेख वकिलले चिसोकै कारण नगरको विद्यालयहरू बन्द गरिने निर्णय गरिएको बताए ।