close

जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय

जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय

Trulli
ADVERTISEMENT

पर्वत– पर्वतको जलजला गाउँपालिकाले पालिकालाई नगरपालिकामा स्तरोन्नति गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


लामाखेतमा आइतबार सम्पन्न नवाँै गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा करिब १ सय ५० मिटरमाथि करिब ११ रोपनी जग्गा प्राप्त गर्ने निर्णय गरेको हो ।


प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो ।


करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामाखेतमा छ । घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ ।


गाउँसभाले चालू आर्थिक वर्ष २०७७/७८ मा विभिन्न योजनाका लागि विनियोजन भएको बजेट रकमान्तर तथा संशोधन, योजना फरफारक तथा अनुमोदन गरेको छ ।


घरनक्सा अभिलेखीकरणका लागि राजस्वका दरमा परिवर्तन गर्ने, घर नक्सा पासका लागि गाउँपालिकाभित्रका सडकमा मापदण्ड परिवर्तन गर्ने र आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयलाई मर्ज गर्ने नीति लिने निर्णयसमेत गाउँसभाले गरेको छ ।