close

कागेश्वरीका टोल–टोलमा मेयर

विकासलाई व्यवस्थित बनाउन दौडाहा

कागेश्वरीका टोल–टोलमा मेयर

विकासलाई व्यवस्थित बनाउन दौडाहा

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकाले ‘टोल–टोलमा मेयर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्र भइरहेका विकास निर्माणलाई व्यवस्थित बनाउन यो कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।


कागेश्वरी मनोहराले प्रत्येक महिनाको १ देखि ९ सम्म वडामा भइरहेका कामको अनुगमन गर्दै आएको छ । नगरप्रमुखको अनुगमनमा नगरको आगामी योजना, विकास निर्माण, स्थानीयका गुनासो सम्बोधनका लागि सो कार्यक्रम गरिएको कागेश्वरी मनोहराका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

 

‘कागेश्वरीको मुख्य सडक बनाउन सकिएको छैन’, नगरप्रमुख थापाले भने, ‘मुख्य सडक वर्षाैंदेखि अलपत्र पर्दा नगरपालिकाले गरेको काम देखिएन ।’ कागेश्वरी मनोहराभित्र करिब ८ सय वटा सडक रहेका छन् । अधिकांश सडक कालोपत्रे भइरहेको थापाले बताए ।


चुनावका बेला स्थानीयलाई देखाएको सपना पूरा गर्न टोल–टोलमा पुगेर जनगुनासो सुनिरहेको थापाले दाबी गरे । उनले भने, ‘कागेश्वरीको अभिभावक मै हुँ । मैले उनीहरूको गुनासो सम्बोधन गर्नुपर्छ ।’