close

नेपालमा पनि नयाँ प्रजातिको कोरोना पुष्टि

नेपालमा पनि नयाँ प्रजातिको कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराएका छन् ।


पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए या नभएको खुलेको थिएन ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।

 

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजिटिभ भेटिएको मन्त्रालयको भनाइ छ ।