close

आँधीखोलाको उत्पादन बढाउन माटो परीक्षण

आँधीखोलाको उत्पादन बढाउन माटो परीक्षण

Trulli
ADVERTISEMENT

स्याङ्जा– माटोको उत्पादन क्षमता कम भएर अन्न बाली उत्पादन घटेपछि आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण गर्ने साताव्यापी अभियान थालेको छ ।


गाउँपालिकाले ६ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरेर माटो परीक्षण सुरु गरेको हो । माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने उद्देश्यले कृषकको जमिनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले बताए ।


दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गरिने उनले बताए ।


सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब ६ सय कृषकको माटो परीक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । उनका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमुनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् ।