close

प्रहरीका श्रीमतीले बाँडे विपन्नलाई राहत 

प्रहरीका श्रीमतीले बाँडे विपन्नलाई राहत 

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरको स्थानीय सरकारले चिसोबाट प्रभावित नागरिकलाई कागजी निर्णयमा राहत बाँडे पनि नेपाल प्रहरी श्रीमती संघले भने विपन्न तथा गरिबलाई खाद्यान्न तथा ब्ल्यांकेट सहयोग गरेको छ । 

 

जनकपुरधामस्थित वडा नम्बर ८ मा कार्यक्रम आयोजना गरी नेपाल प्रहरी श्रीमती संघले विपन्न परिवारलाई खाद्यान्नका साथै ब्ल्यांकेट सहयोग गरेको हो । 

 

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा क्षेत्रीले १ सय २५ विपन्न परिवारलाई सहयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । 

 

विपन्न परिवारलाई १ बोरा चामल, दाल, साबुन र १-१ वटा ब्ल्यांकेट वितरण गरिएको उनले बताए । 

 

खाद्यान्न तथा ब्ल्यांकेट सहयोग पाउनेमा जनकपुरधाम वडा नम्बर ७ मुसहरी टोेलका विपन्न र अन्य वडाका विपन्न परिवारसमेत थिए । 

 

जाडो तथा शीतलहरको मौसम रहेकाले आफूहरूले विपन्न परिवारलाई खाद्यान्न तथा ब्ल्यांकेट सहयोग गरेको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष क्षेत्रीले बताइन् ।