close

बेनीमा खुल्याे भूमि आयोगको इकाइ 

बेनीमा खुल्याे भूमि आयोगको इकाइ 

Trulli
ADVERTISEMENT

म्याग्दी- बेनीमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ स्थापना भएको छ ।

 

बेनी नगरपालिका क्षेत्रका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने उद्देश्यले आयोगका सदस्य एकबहादुर रानाको उपस्थितिमा इकाइ स्थापना भएको हो ।

 

आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण संकलन गरी उनीहरूलाई भूमि उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई कर र कानुनको दायरामा ल्याउन सबै स्थानीय तहमा इकाइ स्थापना गर्न लागेको सदस्य रानाले बताए । 

 

बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलगायत कार्यपालिका सदस्य र वडा सदस्यलाई सदस्य रानाले आयोगको उद्देश्यबारे अभिमुखीकरण गरेका थिए ।