close

सामाजिक सुरक्षा भत्ता बाँड्न बैंककाे टोल-टोलमा शिविर

सामाजिक सुरक्षा भत्ता बाँड्न बैंककाे टोल-टोलमा शिविर

Trulli
ADVERTISEMENT

खोटाङ- ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपाका लाभग्राहीको बैंक खाता खोल्न शिविर सञ्चालन गरेको छ ।

 

बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन नगरपालिकासँग भएको सम्झौताअनुसार बैंकले शिविर सञ्चालन गरेको हो । बैंकले सामाजिक सुरक्षा भत्ता लिँदै आएका लाभग्राहीको खाता खोल्न सहयोग गरेको हो ।

 

सामाजिक सुरक्षा भत्ताका लागि खाता खोल्न दिक्तेलसम्म पुग्न नसक्ने वृद्धवृद्धा, बालबालिका एवं शारीरिक रूपमा अशक्त लाभग्रहीको हितलाई ध्यानमा राखेर गाउँमै खाता खोल्ने सुविधा प्रदान गरिएको बैंकको दिक्तेल शाखाका कर्मचारी युवराज खत्रीले बताए ।

 
बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि गाउँमै खाता खोल्ने व्यवस्था हुँदा जालपाका करिब २ सय ५७ जना लाभग्राही लाभान्वित हुने बैंकले जनाएको छ । 

 

राष्ट्रिय पञ्जीकरण विभागको गत २६ कत्तिकको पत्रअनुसार बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि ९ पुसमा नगरपालिका र बैंकबीच सम्झौता भएको थियो । 

 

बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाले सोही मितिमा राष्ट्रिय वाणिज्य बैंक, सालपा विकास बैंक, ज्योति विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग पनि सम्झौता गरेको थियो ।

 

सालपा विकास बैंकमार्फत दिक्तेल, बाम्राङ, लफ्याङ, नेर्पा, चिउरीडाँडा, दोर्पाचिउरीडाँडा, पाथेका, खार्मी, नुनथला, बुईपा र विजयखर्कका लाभग्रहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

 

यस्तै, राष्ट्रिय वाणिज्य बैंकमार्फत खाल्ले, सेन्चुरी कमर्सियल बैंकमार्फत निर्मलीडाँडा र ज्योति विकास बैंकमार्फत सोल्माका लाभग्रहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ५ हजार १३ जना लाभग्राही छन् । 

 

चालू आर्थिक वर्षको दोश्रो चौमासिकदेखि सबै लाभग्रहीलाई नेपाल सरकारले जारी गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ बमोजिम बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने वाध्यत्मक अवस्थाले पनि हाल धेरैजसो स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिरहेका छन् ।