close

दिप्रुङ चुइचुम्मामा कृषि तथा पशु विकासको बजेट बाँडफाँट 

दिप्रुङ चुइचुम्मामा कृषि तथा पशु विकासको बजेट बाँडफाँट 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालू आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको बजेट बाँडफाँट गरेको छ । आर्थिक वर्ष २०७७/७८ को गाउँसभाले कृषि तथा पशु विकास कार्यक्रमका लागि एकमुष्ट विनियोजन गरेको ५० लाख बजेटलाई विभिन्न २३ वटा शीर्षकमा खर्चिने गरी बाँडफाँट गरेको हो ।

 

गाउँपालिकाको कृषि विकास समितिको शनिबारको बैठकले चालू आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको तर्जुमा गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 

 

गाउँपालिकाले बिउबिजन बैंक अनुदान कार्यक्रम (५० प्रतिशत) अनुदानका लागि १ लाख ५० हजार, मौरीपालनसम्बन्धी तालिमका लागि १ लाख, बोर्डोमिश्रण तथा बोर्डोपोस्ट बनाउन नीलो तुथो र चुना खरिद कार्यक्रमका लागि ४५ हजार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशीलता विकास कार्यक्रम (५० प्रतिशत अनुदान) का लागि ३ लाख, स्वदेशमा रहेका युवालाई उद्यमशीलता विकास कार्यक्रम (५० प्रतिशत अनुदान) का लागि ३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

 

यस्तै, चिया खेतीसम्बन्धी तालिमका लागि १ लाख २० हजार, बंगुरपालन कार्यक्रम (५० प्रतिशत अनुदान) का लागि ६ लाख ५० हजार विनियोजन गरिएको छ । 

 

यस्तै, रासायनिक मल ढुवानी अनुदान कार्यक्रमका लागि १० लाख, किटनाशक, ढुसीनाशक विषादप् तथा भिटामिन खरिद कार्यक्रमका लागि ६ लाख, उपचार सेवा (औषधि तथा खोप महामारी रोग नियन्त्रण कार्यक्रम) का लागि ३ लाख बजेट छुट्याइएको छ ।

 

यसैगरी प्लास्टिक पोखरीको प्लास्टिक वितरण कार्यक्रमका लागि १ लाख, पशु कार्यक्रमका लागि सामग्री खरिदमा २ लाख, विपन्न तथा सीमान्तकृत महिला किसानलाई कृषि उद्यमशीलता विकासका लागि (२० प्रतिशत अनुदान) का लागि ३ लाख ५० हजार, कृषि तथा पशु बिमासम्बन्धी दुई दिने तालिम अभिमुखीकरणका लागि १ लाख रुपैयाँलगायतका कार्यक्रम तय गरिएको गाउँपालिकाको कृषि विकास समितिले जनाएको छ ।