close

गरिमा विकास बैंकले सुरु गर्‍याे 'स्मार्ट टेलर'

गरिमा विकास बैंकले सुरु गर्‍याे 'स्मार्ट टेलर'

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै बिना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने 'स्मार्ट टेलर'को सुरुवात गरेको छ ।

 

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

 

डिजिटल बैकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सँधै तत्पर रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।


हाल गरिमा विकास बैंकले १ सय ६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।