close

मध्यपुर थिमिले सुरु गर्यो‍ बहिरा नागरिक लक्षित तालिम 

मध्यपुर थिमिले सुरु गर्यो‍ बहिरा नागरिक लक्षित तालिम 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बहिराहरूका लागि व्यक्तित्व विकास तालिम दिइएको छ ।


मध्यपुर थिमि बहिरा नगर समन्वय समितिको आयोजनामा भक्तपुर बहिरा संघको सहकार्य र मध्यपुर थिमी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

 

बहिरा नागरिक तथा सांस्कृतिक भाषाका सम्बन्धमा क्षमता विकास र सशक्तीकरण नेतृत्व तालिम आयोजना गरिएको हो ।


तालिममा ५० जना बहिरा नागरिकको सहभागिता रहेको आयोजकले जनाएको छ । 

 

दोभाषे नानु श्रेष्ठ जयनाका अनुसार उनीहरूलाई व्यक्तित्व विकासका लागि तालिम दिइएको हो । बहिरा नागरिकमा भएको सीप र क्षमताको विकास गरी लुकेको कलालाई सबलांगझैं सक्षम बनाउने तालिमको उद्देश्य छ ।


बहिरा नागरिकलाई मात्रै नभई अन्य अपांगता भएकालाई पनि दयाभन्दा अधिकारको रूपमा सीपमूलक तालिम दिनुपर्ने सरोकारवाला बताउँछन् । 

 

नगरपालिकामा बहिरा नागरिकका लागि रोजगारी अवसर सिर्जना गर्न भक्तपुर बहिरा संघका अध्यक्ष जयराम पकानेवारले अनुरोध गरे । 


‘भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिकाले फूलबारी सफालगायतका रोजगारी दिएको छ,’ उनले भने, ‘सोहीअनुरूप अन्य नगरपालिकाले रोजगारी दिए थप टेवा पुग्नेछ ।’ 

 

तालिम लिएर कागजलाई सिरानीमुनि राख्ने मात्रै होइन, त्यसलाई व्यवहारमा पनि लागू गर्न नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आग्रह गरे । त्यसका लागि नगरपालिकाले अवसर दिने प्रतिबद्धता उनले जनाए । 

 

तालिम लिए पनि बहिरा नागरिकसँग लगानी अभाव छ । केहीले आफैंले व्यवसाय सञ्चालन गर्दै आएका छन् । थप सहयोगका लागि नगरपालिकालाई अनुरोध गरिएको छ ।

 

राष्ट्रिय बहिरा महासंघका केन्दीय महासचिव सूर्यबहादुर बुढाथोकीले बहिरा नागरिकको क्षमताअनुसार रोजगार सिर्जना गर्न सकिन र विशेषगरी धार्मिक क्षेत्रमा उनीहरूलाई रोजगारी दिन नगरप्रमुख श्रेष्ठसँग आग्रह गरे ।