close

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशकमा प्याकुरेल 

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशकमा प्याकुरेल 

Trulli
ADVERTISEMENT

काठमाडौं- गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

 

केन्द्रीय कार्यसमितिको १० माघको  निर्णयबाट प्याकुरेल कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

 

प्याकुरेल २०७३ भदौबाट तत्कालीन गाउँ विकास समिति राष्ट्रिय महासंघमा वरिष्ठ कार्यक्रम अधिकृतको रूपमा प्रवेश गरेर हालसम्म कार्यरत थिए ।

 

स्थानीय विकास, विकेन्द्रीकरण, सामाजिक परिचालन क्षेत्रमा २० वर्षको अनुभव सँगालेका प्याकुरेल सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । 

 

२०५७ बाट २०७१ सम्म जिल्ला विकास समिति सिन्धुपाल्चोकमा कार्यक्रम अधिकृत पदमा कार्यरत कार्यरत प्याकुरेल २०७१ देखि २०७३ सम्म जिल्ला विकास समिति गुल्मीमा जिल्ला शासन विज्ञको रूपमा कार्यरत थिए ।

 

ग्रामीण विकास र आम सञ्चार तथा पत्रकारिता विषयमा स्नाकोत्तर प्याकुरेल स्थानीय शासन सञ्चालन विज्ञ मानिन्छन् ।