close

डिजिटल इकोनोमी कन्क्लेभ हुँदै​​​​​​​

डिजिटल इकोनोमी कन्क्लेभ हुँदै​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं - ब्रान्डवर्थ प्रालिको आयोजनामा आउँदो कात्तिक १ मा ‘डिजिटल इकोनोमी कन्क्लेभ– २०२०’ आयोजना हुने भएको छ ।  काठमाडौंमा हुने कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीबारे बृहत छलफल गरिनेछ ।


विभिन्न डिजिटल प्लेटफर्ममार्फत र एपी वान टेलिभिजनमा प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरबारे  सरोकारवालामाझ बृहत् छलफल हुने आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।


‘सुलभ इन्टरनेट सेवा तथा स्मार्ट फोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रलाई डिजिटाइजेसनमा लैजाने अवसर दिएको छ,’ गजुरेलले भने, ‘कोरोना महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको बन्दाबन्दीले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ ।’  


कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले  नियमनकारी निकायद्वारा गर्नुपर्ने नीतिगत व्यवस्थाबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।  वित्तीय सेवा, भुक्तानी सुविधा, इ–कमर्शसम्बन्धी नीति, नियमनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहत् छलफल हुनेछ । 


कोरोना महामारी तथा यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी / निषेधाज्ञाले अर्थतन्त्रका प्रायः सबै अवयव नराम्ररी प्रभावित पारिरहँदा नेपालमा ई–कमर्श र डिजिटल बंैकिङ भने फराकिलो हँुदै गएको गजुरेलको तर्क छ ।


नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यता सिर्जना गरेको, घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने,  मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने,  मोबाइल वालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवामा नेपालीहरू  विस्तारै अभ्यस्त हुँदै गजुरेलले बताए ।    

 
उक्त अवसरमा नेपालमा अनलाइन कारोबारमा हुने र हुन सक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।