close

राप्तीका महिला स्वास्थ्य स्वयंसेविका अब साइकलमा सरर

राप्तीका महिला स्वास्थ्य स्वयंसेविका अब साइकलमा सरर

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाइ साइकल वितरण गरेको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानस्वरूप महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको हो ।


गाउँपालिकाको सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरी, पालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले संयुक्त रूपमा साइकल वितरण गरे । गाउँपालिकाले सिसहनिया स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकीको रोहवरमा काम गर्दै आएका ६४ जना स्वयंसेविकालाई साइकल प्रदान गरेको हो ।

 

समुदाय स्तरमै महिला सहभागितामा स्वास्थ्यसम्बन्धी परामर्श, सेवा र सल्लाह दिने उद्देश्यले घरगाउँ डुल्ने स्वास्थ्य स्वयंसेविकाको आउजाउ सहज बनाउन साइकल प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए ।


स्वास्थ्य स्वयंसेवीको सहयोग सराहनीय रहेको गाउँपालिका अध्यक्ष सुवेदीले बताए । ‘स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण छ । महिला स्वास्थ्य स्वयंसेविकाले गाउँटोल डुलेर उपचार गराउँदै पालिकाको स्वास्थ्य अवस्था बुझाउन सकेका छन्’, अध्यक्ष सुवेदीले भने ।


कार्यक्रममा राप्ती गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविका अध्यक्ष सरिता भुसाल, शिक्षा शाखा प्रमुख विश्वास विक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसी, स्वास्थ्य शाखा सह–संयोजक भारती संन्यासीलगायत सहभागी थिए । 


महिला स्वास्थ्य स्वयंसेविकाले आ–आफ्नो क्षेत्रमा स्थायी/अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, पिल्स तथा कन्डम वितरण गर्ने, मातृ स्वास्थ्य प्रवद्र्धनअन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आएका छन् ।