close

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरू,आजै १२ हजारले खोप लगाउँदै

दक्षिण एसियामा कोरोना खोप अभियान चलाउने नेपाल दोस्रो मुलुक

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरू,आजै १२ हजारले खोप लगाउँदै

दक्षिण एसियामा कोरोना खोप अभियान चलाउने नेपाल दोस्रो मुलुक

Trulli
ADVERTISEMENT

काठमाडौँ- नेपालमा कोरोना भाइरसविरूद्धको खोप अभियान आजदेखि सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १०:२३ मा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । 

 

दक्षिण एसियामा कोरोना खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुकको रुपमा नेपाल भएको छ । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

 

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

 

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

 

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने बताइएको छ ।