close

सैनामैनामा अपांगता लक्षित निःशुल्क स्वास्थ्य शिविर 

सैनामैनामा अपांगता लक्षित निःशुल्क स्वास्थ्य शिविर 

Trulli
ADVERTISEMENT

सैनामैना- रूपन्देहीको सैनामैनास्थित कलौनीमा अपांगता भएकाहरूलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर तथा क्षमता पहिचान कार्यक्रम सम्पन्न भएको छ । 

 

सैनामैना नगरपालिकाको आयोजना तथा युथ फर नेसन्स र रूपन्देही अपांग पुनस्र्थापना केन्द्र कलौनीको सहकार्य र रोटरी क्लब अफ सैनामैनाको सहयोगमा अपांगता भएका व्यक्तिहरूको समस्या र क्षमता पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । 


नगर क्षेत्रभित्र अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य समस्याको पहिचान र क्षमता पहिचान गर्न कार्यक्रम प्रभावकारी हुने सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

 

शारीरिक तथा बौद्धिक अपांगता भएकाहरूको शारीरिक अवस्था र तिनको मनोबल उच्च राख्न नगरले यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

 

रोटरी कल्ब अफ सैनामैनाले मानवताको कार्यक्रममा अपांगता भएका १ सय ५० जनाका लागि टिसर्ट सहयोग गरेको क्लबका अध्यक्ष दुर्गा गौतमको भनाइ छ । 


स्वस्थ नेपाल खुसी नेपाली नाराका साथ सैनामैनामा कार्यक्रम आयोजना गरिएको युथ फर नेसन्सका डा. निकलस भुसालले बताए । 

 

नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर चलाएर आफूहरूको सम्मान गरेको शिविरमा सहभागी सैनामैना वडा नम्बर ९ का रामप्रसाद पोखरेलले सुनाए । 


निःशुल्क रूपमा स्वास्थ्य सेवा पाउँदा खुसी लागेको सैनामैना वडा नम्बर २ का भुवनेश्वर थारुले बताए । 


कार्यक्रममा अपांगता भएका व्यक्तिलाई आवश्यक उपचार तथा परामर्श, औषधीसहित चिकित्सक समूहले सेवा दिएको थियो ।