close

निजगढको लालमा खानेपानीको ओभरहेड ट्यांकी 

निजगढको लालमा खानेपानीको ओभरहेड ट्यांकी 

Trulli
ADVERTISEMENT

निजगढ- बारास्थित निजगढ नगरपालिकाको लालमा खानेपानी ट्यांकी निर्माण स्थलगत अनुगमन गरिएको छ । लाल खानेपानी उपभोक्ता समूहमार्फत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैयाले ओभरहेड ट्यांकी निर्माण गर्न लागेको समूहकी अध्यक्ष चन्दा लामाले बताइन् । 


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैयाले सवा २ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गर्ने इन्जिनियर किशोरी यादवले जानकारी दिए ।

 

ट्यांकी निर्माण स्थलको निजगढका मेयर सुरेशकुमार खनाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैयाका प्रमुख जकी अहमद अन्सारी, वडा नम्बर १० का वडाध्यक्ष पदमबहादुर मोक्तानलगायतले निरीक्षण गरे ।

 

निरीक्षणका क्रममा निजगढका मेयर सुरेशकुमार खनालले ट्यांकी निर्माणपछि लालका करिब ८० प्रतिशत नागरिकको खानेपानीमा पहुँच पुग्ने हुँदा यसलाई प्राथमिकता दिएर अगाडि बढाउन डिभिजन प्रमुख अन्सारीलाई आग्रह गरे । त्यसका लागि चाँडो ठेक्का आह्वान गर्नुपर्ने आवश्यकता उनले औँल्याए । 

 

ट्यांकी निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलो चरणमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।