close

८० वर्षको उमेरमा जग्गाधनी हुँदाकाे त्याे खुसी ! (भिडियाे खबर)

८० वर्षको उमेरमा जग्गाधनी हुँदाकाे त्याे खुसी ! (भिडियाे खबर)

ADVERTISEMENT

सिन्धुली- वर्षौंदेखी भोगचलन गर्दै आएको जग्गा आफ्नो नहुने भन्ने कुरै हुँदैन । तर, जग्गा छ, जग्गाधनी पुर्जा नहुँदा भने समस्या पर्नेहरू धेरै छन् । यस्ता समस्यामा परेकाको समाधान गर्ने कसरी ? वर्षौंदेखि जग्गाधनीपुर्जा पाउन भौतारिएका नागरिकलाई भने स्थानीय सरकार बनेपछि केही सहज भएको छ । स्था

 

नीय सरकार आफैंले लालपुर्जा वितरण गर्दैनन् । तर, नापी र मालपोत कार्यालयसंँग समन्वय गरिदिँदा त्यस्ता जग्गाधनीले जग्गाधनीपुर्जा प्राप्त गर्न थालेका छन् । जग्गाधनीपुर्जा प्राप्त गर्दा वृद्ध-वृद्धाको अनुहारमा भने खुसी छाएको छ । 

 

सिन्धुलीको तीनपाटन गाउँपालिकामा नापी भएका ब्लक जगाको लालपुर्जा वितरण गर्न सुरु गरिएको छ । पहिलो चरणमा पाटनदेवी गाउँ ब्लकमा रहेको जग्गाको लालपुर्जा वितरण सुरु गरिएको हो ।

 

२०२६ मा नापी भएको र पुनः २०७२ मा नापी भएको साविक पाटनदेवी १घ, २क, ७घ, ३ख, ७क, ३ग र रानीचुरी ९क को जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।  ८० वर्ष पार लालपुर्जा पाएपछि खुसी लागेको स्थानीय भुवनमाया दाहाल र फत्तबहादुर दाहालले सुनाए ।

 

यतिबेला भुवनमाया र फत्तबहादुरजस्ता धेरै ज्येष्ठ नागरिकले हातमा लालपुर्जा पाएका छन् । वर्षौंदेखि भोगचलन गर्दै आएका जग्गा आफ्नो नाममा नहुँदा समस्यामा परेका नागरिकलाई भने पहिलाको नापीमा गाउँ ब्लक राखिएका जग्गाको पुर्जा वितरण भइरहेको सिन्धुलीका नापी कार्यालय प्रमुख सरोज श्रेष्ठले बताए ।


जनतामाझ जनताका समस्या समाधान गर्न निर्वाचित भएका जनप्रतिनिधिले समेत यस्ता समस्या समाधान गर्न चासो देखाउँदै आएका छन् । जग्गाधनी पूर्जा पाएपछि स्थानीय अहिले व्यवसाय गर्नतर्फ अघि बढेको तीनपाटन गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गोविन्द राउतले जानकारी दिए ।


लामो समय देखि भोगचलन गदै आएको भए पनि कानुनी रूपममा जग्गा धनि पूर्जा नपाएका व्यक्तिले लालपुर्जा पाएपछि व्यवसाय सञ्चालनमा सहज भएको छ ।