close

माइतीघरमा प्रचण्ड–नेपालको ‘दोस्रो इनिङ’

माइतीघरमा प्रचण्ड–नेपालको ‘दोस्रो इनिङ’

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा विघटन गरेपछि यतिवेला नेकपाकै अर्का अध्यक्षसहित ३ जना पूर्वप्रधानमन्त्रीहरु सडक आन्दोलनमा छन् ।

 

ओलीको प्रतिनिधिसभा विघटन गर्ने ‘प्रतिगामी कदम’ विरुद्ध सडकमा रहेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एक चरणको देश दौडाहा सकेर आज माइतीघर मण्डलामा भेला भएर धर्नामा बसे ।

 

ओलीले सरकार र पार्टी हाँक्न नसकेको भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेतबाट निकालेर प्रतिनिधिसभा पुनर्स्थापनाकाे  एजेण्डासहित आन्दोलनरत नेकपाका यी शीर्ष नेताहरुको ओली कदमपछि माइतीघर मण्डलामा भएको यो दोस्रो ‘पलेटी सृङखला’ हो ।

 

यसअघि पनि उनीहरुले यही स्थानमा बसेर प्रतिगमनविरुद्ध ‘हामी यहाँ छौं’ भन्दै प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध अदालत र सडक संघर्षमा रहेका नेकपाका कार्यकारी अध्यक्षसहितका नेताहरु अधिकांश स्थायी कमिटीसदस्यसहित धर्नामा छन् । पछिल्लो धर्ना गत १४ माघदेखि निरन्तर छ । आजभने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र यो खेमाले बनाएका अर्का अध्यक्ष माधव नेपालसहित यो खेमाका शीर्ष नेताहरुले सहभागिता जनाएका छन् ।