close

बिर्तामोड खानेपानीलाई नगर विकास कोषकाे ऋण

बिर्तामोड खानेपानीलाई नगर विकास कोषकाे ऋण

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोष र झापाको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच ऋण सम्झौता भएको छ । आयोजनामा थप लगानीका लागि कोषले संस्थासँग सम्झौता गरेको हो ।

 
कुल २ करोड ३४ लाखको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि कोषले २५ प्रतिशत रकम ऋण दिएको हो ।  आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ । हाल संस्थाले ७ हजार उपभोक्ताको घरमा खानेपानी वितरण गरिरहेको छ ।

 
बिर्तामोडको बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै संस्थाले कोषसँग सम्झौता गरेको अध्यक्ष जलकुमार गुरुङले पालिकाखबरलाई बताए ।

 
कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले ऋण सम्झौता भएससँगै खानेपानी आयोजनाले उपभोक्तालाई थप सहज हुने विश्वास व्यक्त गरे ।

 
बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता यसअघि नै नगर विकास कोषबाट उत्कृष्ट आयोजनाका रुपमा सम्मानित भइसकेको छ ।