close

तानसेन नगरपालिकाका वडाध्यक्ष शाक्यको निधन

तानसेन नगरपालिकाका वडाध्यक्ष शाक्यको निधन

Trulli
ADVERTISEMENT

पाल्पा : तानसेन नगरपालिका वडा नम्बर- ४ का वडाध्यक्ष राजेन्द्रमुनि शाक्यको सोमबार निधन भएको छ।

वडा अध्यक्ष शाक्य लामो समयदेखि डायलासिस गराउँदै आएका थिए  ।  उनको रूपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार क्रममा निधन भएको नगरपालिकाले जनाएको छ ।

शाक्यको मंगलबार रामनदी धाममा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। शाक्यका श्रीमती, एक छोरा र एक छोरी छन्। स्थानीय तहको निर्वाचनमा शाक्य नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।