close

पालिकामा उपप्रमुख / उपाध्यक्षको  काम , कर्तव्य र अधिकार

पालिकामा उपप्रमुख / उपाध्यक्षको  काम , कर्तव्य र अधिकार

Trulli
ADVERTISEMENT

स्थानीय शासन सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने ऐनमा उल्लेख गरेको छ । कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपध्यक्ष तथा उप-प्रमुख, वडाध्यक्ष तथा सदस्यहरुको काम, कर्तव्य तथा अधिकार तोकेको छ ।


स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत उपाध्यक्ष वा उप-प्रमुखकको काम , कर्तव्य र अधिकार :


१.  न्यायिक समितिको संयोजक भइ काम गर्ने ।


२.  अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।


३.  गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने ।


४.  उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।


५.  योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरि सोको प्रतिवेदन बैठकमा पेश गर्ने ।


६.  सभा र कार्यपालिकाद्धारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने ।


७.  सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाइ जानकारी गराउने ।


८.  सभा ,कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।